Thaha

Friday 03 May - 7:40 pm NST

पानी उपयोगको विषयमा चिली विरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने  बोलिभियाको चेतावनी


काठमाडौं, १४ चैत । बोलिभियाका राष्ट्रपति ईभो मोरालेसले पानी सम्बन्धि विवादको विषयमा चिली विरुद्ध अन्तर्राष्ट्रिय न्यायालयमा मुद्धा दायर गर्ने चेतावनी दिनुभएको छ ।  सीमा क्षेत्रमा रहेको सिलाला नदीको पानी उपयोगको विषयमा आफूहरुको स्वामित्वलाई सम्मान नगरेको भन्दै उहाँले अन्तर्राष्ट्रिय न्यायालय सम्म पुग्ने निर्णय गरिएको बताउनुभएको हो । सिलाला नदि आफ्नो भन्दै बोलिभियाले नदीको पानी प्रयोग गरेबापत चिलीले कुनै क्षतिपूर्ति नदिएको आरोप लगाउँदै आएको छ । तर चिलीले भने यो अन्तर्राष्ट्रिय जल क्षेत्र अन्तर्गत पर्ने भन्दै पानी बाँडीचुँडी प्रयोग गर्न पाउनुपर्ने दावी गर्दै आएको छ । सिलाला नदीको मुहान बोलिभियामा भएपनि चिलि हुँदै बग्ने गरेको छ । चिलीका विदेशमन्त्री हेराल्डो मोनुजले भने बोलिभियाको आरोपको प्रतिवाद गरिने बताउनुभएको बिबिसीले जनाएको छ । उहाँले बोलिभियाको उद्धेश्य समुद्रको बारेमा विवाद गर्नु नभई नभई नदि या अरु कुनै बहानामा राष्ट्रिय हितमाथि आक्रमण गर्ने रहेको स्पष्ट भएको टिप्पणी पनि गर्नुभयो ।